६ पुस २०८१, शनिबार

आठ वियोग मुक्तक


आठ वियोग मुक्तक

खै किन घरीघरी ।
पूरा नयनभरि ॥

आइरहने याद,
जो छैन वरिपरि ॥

😭💔😭

हो छ‍ोडेर गए जस्तै लाग्दैन ।
मसँग नभए जस्तै लाग्दैन ॥

कति बोलाएँ बोल्नुहुन्न किन,
आयो त्यो प्रलय जस्तै लाग्दैन ॥

😭💔😭

बोलाए झैँ सुनेर अति रोएँ ।
ढोका झ्यालै थुनेर कति रोएँ ॥

झझल्को अझै नि कति हो कति,
तारा हेरेर तिनै जति रोएँ ॥

😭💔😭

समय बित्दै जाँदा झन् झन् सम्झेको छु ।
उपदेशका देव वचन् सम्झेको छु ॥

काट्नै आउनेलाई पनि छायाँ दिन,
ऊ रुख उभिएका छन् सम्झेको छु ॥

🙏🌳🙏

जुन दिनदेखि यो घरको छानो छैन ।
त्यही दिनदेखि यी आँखा ओभानो छैन ॥

देख्दैछु गगनमा एक तारा चम्किलो,
धर्ती शून्य बरू आकाश बिरानो छैन ॥

😭💔😭

दिमागले बुझेको कुरा नि मनले बुझ्दैन ।
मुनाको कुरा जसरी त्यो मदनले बुझ्दैन ।

नदीले बगाएपछि आँसुले फर्काउँदैन,
एक्लै हुँदासाथ यो कुरा नयनले बुझ्दैन ॥

💔😭💔

मूल खाँबो ढल्यो अब मेरो घर छैन ।
मुटु टुक्रा पर्‍यो अब मेरो भर छैन ॥

जो थियो मेरो हौसलाको एउटै मूल,
सुक्यो जिन्दगी अब मेरो रहर छैन ॥

💔😭💔

धेरै भएर पनि खाली भएको छु ।
खास शून्य त यसपालि भएको छु ॥

फूल सुकिसकेको उजाड बगैंचा
नसोध भो कस्तो त्यो माली भएको छु ॥

😭💔😭

सूर्य पौडेल, बा नपा-१३ बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !