८ बैशाख २०८१, शनिबार

सूर्य पौडेलको गजल


सूर्य पौडेल

देखियो सपना त दूर दूरको ।
भुलेर जिन्दगी क्षणभङ्गुरको ॥

जसको लागि बिघौँ बिघा त्यागियो
उही हिसाब गर्छ एक धुरको ॥

इतिहास बन्यो ती राजाहरूकै
खोइ कहाँ छ कथा मजदुरको ??

मादल सुम्पिदियौँ बाँदरलाई
बजायो कस्तो न ताल न सुरको !!

हेर्न त हजारौं हेर्छ हो आँखाले
माया लाग्छ केवल ओ! हजुरको ॥

सूर्य पौडेल
बा.नपा-१३, बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !