हतास हामी हुनुहुन्न है कदापि कसैका सामु पुगेर यो शिर झुकाएर !
गोहीका आँशु झार्न पनि कहिले हुन्न सगरमाथा झैँ यो शिर नुहाएर !!
बरु हाम्रो महाँ अभियान चलोस अव यो देश निर्माण गर्नका खातिर !
कसैको सहयोग लिन कदापि नपरोस बनाऔ राष्ट्र सन्ततिहरुका लागि !!
अव त पार्टी परित्याग गर्न र सत्ताको स्वाद पनि त्याग्न हामी सकौँ !
सँधै अरुले केहि दिएनन् मात्र भनेर हैन दिन सकिएन भनि समृद्दि ल्याऊँ !
आफ्नो देशको महिमा हामी आफै किन बुझ्न चाहँदैनौ कदापि !
आफ्नो देशमा पौरख नगरी नै दिएनन् भनि रिसाउँछौ खाली !!
आफ्नो देश समृद्द पारौँ पौरख विशाल यो देशमा मिली गरेर !
बरु एकताको सुत्रमा बाँधिऔँ सबै जगतको उन्नति साक्षी राखेर !!
अव कहिल्यै नदुखुन है हामी हरेक नेपालीका असल मनहरु !
अनि कहिल्यै नझुकुन है हाम्रा अग्ला शिरका स्वाभिमानहरु !
सिमानाका हरेक खम्वाहरु चट्टानका पहाड सरि नै बनुन् !
नेपालीका मन र सद्दभावहरु हिऊँ जस्तै अव कन्चन बनुन !!
कति दुखेका छन् हिमालको हिऊँमा; चिसो सिरेटोले हाम्रैका मनहरु !
कति भोका, नाड्गा बनेका छन कन्दरा र अनकन्टारमा जीवनहरु !!
धामले जूनलाई पोले पनि जूनले त सितल बाँढेकै छ !
जून जति उज्यालो भए पनि घामले उसको शोभा बढाएकै छ !
हाम्रो ध्यान हरपल त्यता अव पुगोस आफुलाई समेत बिर्सिएर !
उर्जा,उज्यालो, विकास र शिक्षा पुगोस अन्धकार हटोस न ज्ञान पाएर !!
तुइन ,टायरमा चढ्छन चेली विकटमा कलकलाउँदो जीवन विर्सेर !
देशका युवाहरु खोला नालाहरु तर्छन, विद्यालय जाने बाटो नपाएर !!
यताको पाँचतारे जीवन हामी पोखौँ लगेर अक्करको झुपडीमा !
त्यताको त्यो अन्धकार हटाउन मात्र सके, छाउँछ हाँसो ओठहरुमा !!
दुई पाटा नबनौ न हामी एकै हौँ सातै प्रदेशका नेपाली !
एउटै देश नेपाल हाम्रो बनोस साझा हाम्रो नयाँ फूलबारी !!
कतै पनि मनमा नउठोस स्वाभिमानका नै ज्वारभाटाहरु !
मरिलाने त केही छैनन कसैले बुनौ न सद्दभावको मालाबरु !!
यो देश त हाम्रो ज्ञानको अपूर्व तराजु कला र संस्कृतिको घरोहर हो !
हिमाल देखि पाहाड, तराई सुन्दर पार्ने हाम्रो महाँअभियान नै हो !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।