४ बैशाख २०८१, मंगलबार

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय


त्रिमूर्ति पुरस्कार

काठमाडौँ । त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

देवकोटा काव्य पुरस्कार आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय निकेतनको पूर्व बैठकबाट भएको समेत उनले जानकारी दिए । उक्त पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !