७ पुस २०८१, आइतबार

साहित्य समाजको आत्मा हो : पूर्वप्रधानमन्त्री चन्द


लोकेन्द्रबहादुर चन्द

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४औं वसन्त प्रवेशका अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलाली काठमाडौँमा मङ्गलबार आयोजना गरेको कार्यक्रममा उक्त अभिनन्दन तथा पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले २०७५ सालको रु एक लाख राशिको मणिराज वाङ्मय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको छ ।

त्यस्तै, गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ भने स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । साथै, शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा. डा. रामचन्द्र भट्ट र खड्गबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना सङ्क्रमणको जोखिमका कारण विगत वर्षमा पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम राखिएकाले यस वर्ष आयोजना गरेको बताए ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तकसमेत लोकार्पण गरेका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जीवन निरश हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !