४ बैशाख २०८१, मंगलबार

कविता – गीत हो नेपाली मनको


भेडी गोठ

पहाडमा गीत गाउँदा हिमालमा हिऊँ हाँसोस्
हिमालमा शीत आउँदा पहाडले गीत गाओस्
मधेशमा बाढी आउँदा चट्टानले छेकी दियोस्
सातै प्रदेश नेपाल हो नेपालीले हित लाओस्

नेपालीले नेपालीलाई हितको मित्र मान्नु पर्छ
सारा जगत विश्वलाई साथी मित्र ठान्नु पर्छ
विकास र समृद्धिलाई मेरुदण्ड देशको मानी
एकता र भाइचारा नै मानवता हो जान्नु पर्छ

छोरी चेली दिदी बहिनी आमा काकी सानिमा
वरीपरी नि साहिनोले बाँधी राख्नु पर्छ दुनियाँ
ऐँचोपैँचो अर्मपर्म एकले अर्कोलाई साथ दिऊँ
हितकोमित्र सबैजना आपद दुखमा साथ दिऊँ

दिलखोली निर्भय छोरी चेली पढ्न सहज होस
जता, जहाँ जान, आउन कुनै डर र त्रास नहोस्
युवालाई काम, शिक्षा देशको पहिलो धर्म होस्
बदमासलाई कडा कानुन बनि देशमा लागुहोस्

सरकार अनुदानमा अति उद्दार सहज बनोस्
गरीखाने युवा शक्ति धन अभावमा पर नहोस्
अन्न, पात फलफूल, तरकारी, दही, दुध बनाई
अग्रजको सम्मानले, देश हिमवतखण्ड बनोस्

. शुभा !

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !