२२ भाद्र २०८१, शनिबार

विश्वकै उच्च हिमाली बस्तीमा छायांकन गरिने चलचित्र ‘म्हेन्दू’ को निर्माण घोषणा


Mhendu Poster

चैत्र २२, काठमाडौँ । उच्च हिमाली मानव बस्तीमा छायांकन हुने जानकारी सहित नेपाली फिल्म ‘म्हेन्दू’ को बिहीबार राजधानीमा एक कार्यक्रम गरी निर्माण गरिने घोषणा गरिएको छ । चलचित्र म्हेन्दूलाई मारोन मुभी एन्ड इन्टरटेनमेन्टको ब्यानरमा अर्जनुप्रसाद डोटेलले निर्माण गर्न लागेका हुन् । नेपाली, अंग्रेजी, जापानिज, भोजपुरी गरी ४ भाषामा चलचित्रको डबिंग गरी अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरिनेछ ।

पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको शब्द रहेको चलचित्रमा समाबेस गीतमा  कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । बिध्या तिवारी, कुमार लामा र  सरोज कोइरालाले चलचित्रका गीतमा आवाज भरेका छन् । चलचित्र भाद्रको अन्तसम्ममा सार्बजानिक प्रदर्शन गरिनेछ । नेपाली, अंग्रेजी, जापानिज, भोजपुरी भाषामा चलचित्रको डबिंग गरि अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरिनेछ ।

निर्माणाधीन चलचित्र म्हेन्दू हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति  र तल्लो भेगमा बस्ने आर्यन समुदाय बिचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली चलचित्र हो । जनमानसमा भईपरी आउने दैवी प्रकोपको पिडा अनि  त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र  रुढीबादी चिन्तनलाइ कथाको रुपमा प्रस्तुत गरिनेछ, चलचित्रमा । चलचित्रको हिमाली जिल्ला डोल्पाको सेफ़ोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारी (उपल्लो डोल्पा)मा  अबस्थित बिस्व के सबै भन्दा अग्लो स्थानमा रहेको मानब बस्ति  छार्कामा  छायांकन गरिने छ ।

म्हेन्दू शब्दलाई  राम्री, प्यारी अथबा सुन्दर युवतीलाई जनाउने विशेषणको रुपमा उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पा समुदायले प्रयोग गर्छन । कतै-कतै म्हेन्दू शब्दलाई तिब्बती भाषाबाट आएको आगन्तुक शब्दको रुपमा पनि विश्लेषण गरिन्छ । नारी-प्रधान यस चलचित्रको  प्रमुख पत्र जो सोहि बिकट भू-भागमा बसोबास गर्दै त्यस ठाउँको प्रतिनिधित्व गर्ने म्हेन्दूको भूमिकामा प्रयोग भएको हो । यस चलचित्रको माध्यमबाट उक्त स्थानको रहनसहन चालचलन रितिरिवाज भेषभुषासंगै पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा र भौगोलिक अबस्थाको सजीव चित्रण गरिनेछ ।

देब नेपालको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्र मार्फत नव नायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् ।  सोनु राई चलचित्रकी नायिका हुन् । एस राज कुमार, बिन्दा थिङ्ग,  कालु राना,  चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडा आदि कलाकारको चलचित्रमा अभिनय रहनेछ । अर्जुन प्रसाद डोटेल र रामकुमार अधिकारि चलचित्रका निर्माता हुन् । चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा बुद्धिमान तामाङ्ग र दुर्गा साहारा खड्का सह-निर्माता हुन् ।

सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दू २०७५ बैशाख पहिलो हप्ताबाट फ्लोरमा जानेछ । रोहित बिक्रम कार्कीले चलचित्रलाइ छायांकन गर्नेछन । चलचित्र करिब १ करोड २५ लाखको लागतमा निर्माण हुनेछ । पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको शब्द रहेको चलचित्रमा समाबेस गीतमा  कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाले चलचित्रका गीतमा आवाज भरेका छन् । चलचित्र भाद्रको अन्तसम्ममा सार्बजानिक प्रदर्शन गरिनेछ ।

Mhendu Poster
म्हेन्दू’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !