दिनभर काम गरेर साँझ कोठामा पुगेकि रामेकी दिदी (चन्द्रकलाको) झोलाले भुँइ पनि छुन पाएको थिएन, त्यतिकैमा उनको मोबाइलको घण्टी बझ्यो । सायद, सम्झने मान्छेहरू कम भएर भनुँ, वा आमा-बुबाको अत्मिएता भनुँ उनले त्यो फोन पक्कै पनि बुबाकै हुनुपर्छ भनेर सजिलै आँकलन गर्न सक्दथिन । धेरै दिनपछि आमाबुबाले सम्झनु भएको हर्ष एकातिर थियो भने अर्कोतिर नतिजाको खोजी होला कि भन्ने तनवाले मन पिरोलिएको थियो । जसोतसो, अहिलेसम्म त ढाँटेर भएपनि आमाबुबाको नजरमा राम्रो भएकि थिइन् ।
तर, सत्यता त एकदिन जसरी नै निस्कनुपर्छ नै । आखिर, त्यो हृदयले पनि कतिसम्म दबाउन सक्दथ्यो र ! ढुंगा माथि विश्वास गरेर सत्य मानि देवता पुज्ने हृदयहरूले पनि आजकाल सत्य देवता स्वंय नजर अगाडि हुँदा पनि अविश्वास अनि मजाक पात्र भइसकेको थियो । प्रत्येक असत्यलाई सत्य बनाउने जिब्रो पनि आफै डरले लर्बरिने गर्दथ्यो । सत्यता लुकाउने रहर भनुँ या बाध्यता । रहर भनुँ भने बास्विकताले बाध्यतालाई पछ्याईरहेको थियो । बाध्यता भनुँ भने समाज र उमेरको परिबेशले रहर बनाइरहेको थियो ।
एकपटक लामो श्वास फेरिपछि यो पटक पनि बुबाआमालाई खुशीको खबर सुनाउने निर्णय गरिन् । फोन उठाएर दर्शन मात्र के गर्न लागेकि थिइन्, नभन्दै उनले सोचे अनुरूपकै प्रश्न तेर्सियो । रामेको नतिजाको बारेमा थाहा पाइसकेकि थिइन्, त्यसैले फेरि उनको जिब्रोले अर्को झुटको उच्चारण गर्नुपर्ने भयो । जसोतसो, बुबा-आमाको मन हलुका त बनाई तर, आफ्नै खुट्टामा बन्चरो हानेर कसरी खुशी हुन सक्दथिन् र उनी । उनको भोक र थकान आफै हराएर गयो । सायद , उनको थकाइ र भोक त हात काटिएको मान्छेको लागि काँडाले घचे बराबर थियो होला ।
आफैमा सङ्घर्षको परिभाषा बोकेकि चन्द्रकला आज पीडाको अर्थको खोजी डुबिन् । सम्झनै कहालीलाग्दो ती अतीतका दुर्घटनाहरू आँखा अगाडि नाँच्न थाले । गाउँमा बिहान बिहान, एक भारी घाँस काटेर पढ्नलाई स्कुल धाएको दुख भन्दा कम थिएन, नेपालको दुख । बिहान उठेर सबै काम आफैले गर्नुपर्ने स्थितिले सधै उनको आँखा रसाएकै हुन्थ्यो । भलै, गाउँमा दुख थियो, सबैको आत्मिएता र मिठो बोलीले मनै हलुका गराउँथ्यो । जति धेरै नेपाल सहरको दृष्टि थियो, त्यति धेरै यहाँका मानिसहरू दृष्टिविहिन थिए । हजारौंको भीडमा पनि एक्लोपनको महसुस हुन कहिल्यै छाड्दैन्थ्यो । सायद, मानवता अब मानव हराएर “ता”मात्र बाकी छ कि भन्ने आभास हुन्थ्यो ।
अस्ति भर्खरै आफ्नै घरमा बस्ने एउटा दाइले डेरमा झुन्डिएर आत्महत्या गर्दा पनि १ हप्ता पछि मात्र थाहा पाएकि थिइन् – चन्द्रकलाले । यसलाई ब्यस्तता भनुँ वा ब्यवास्ता दुवैले मानवता बेचिसकेको थियो । (आफु भलो त जगत भलो) भन्ने सिद्धान्त बोकेर अगाडि बढ्नेहरूले मात्र सफलता र सुख पाएको देखिन्छ । चन्द्रकला जस्तोको लगि त कुनै नर्कभन्दा कम थिएन यहाँ । तर, अफसोच यहाँ आफ्नो दुख आफैसँग भइरहने रहेछ । चन्द्रकलाले कहिल्यै बिहान ५ बजे बज्ने घन्टीलाई नकार्न सकिन । दिनभरिको कामलाई कहिल्यै नकार्न सकिन । उनले बेच्न कपडामा छुटस्वरूप सायद उनले आफ्नो नतिजा बाँडिरहेकि थिइन् । घरको पीरले भनुँ या डरको पीरले उनको खेर गइरहेको यौवनले पनि उनको दुखको बारेमा बताइरहेको थियो । साँझ बिहान नभनि दुख गरेर बचेको समयमा उनले नपढेकि पनि होइन । आफ्नै खुट्टामा उभिनु पर्छ भनेर खुट्टा द्रर्हो बनाउदै थिइन उनी ।
तर आधा सपनाले केही हुनेवाला थिएन । न त त्यस्ले आमाको ममताको कदर गर्दथ्यो न त बुबाको त्यगको । उता भाइको पूरा सपना पनि अधुरो हुने देखिन्थ्यो । त्यसमाथि पनि दुखमा सहयोग गर्न नसक्नेहरूले १/२ पल खुलेर हाँसेको पनि देखिसहन सक्दैन्थेँ । सायद, यहि दुख रामेसँग पोख्दि हुन् र त दुवैतर्फ आशुको धारा बग्दो हो । सायद, पीडा बुझिदिने कोहि नभएर होला, रामे र चन्द्रकला जसलाई देखे पनि मुस्काईरहन्थेँ ।
चन्द्रकलाले आफ्नो अगाडि आधा रितिएका बोतल र हातमा रहेको धुवाँईरहेको चुरोट हेर्दै गहिरो सोचमा डुब्दि हुन् । सायद, मेरो जस्तै पीडा भएर होला, यी बोतलहरू दिनप्रतिदिन रित्तिरहेका छन् । सायद, यी चुरोटको धुवाँले भित्र मुटुमा छोएर निस्केको हुनुपर्छ, त्यसैले त मानिसहरूको पीडा निस्केर होला आन्नद महसुस गर्दछन् । तर आखिर जति बोतल रित्तिएपनि, जति धुवाँले मुटु छोएपनि, “नतिजाको खोजी” ले दिएको चोट सायद अब निको नहोला । अझै पनि कति रामे र चन्द्रकला सङ्घर्ष गर्दे होलान् । आशा छ पक्कै उनीहरूले एक दिन आफुले खोजे अनुसारको नतिजा भेट्टाउने छन् ।
(क्रमश:)