७ बैशाख २०८१, शुक्रबार

मुसाको कथा : डर प्रगतिको बाधक हो


मुसा

एकदेशमा एउटा मुसो बोटको प्वालमा बस्दो रहेछ । उ धेरै डरपोक सोभावको रहेछ । उ प्राय: बिरालोसंग डराउने रहेछ । एकदिन उ बाहिर निस्कन लाग्दा अर्को मुसालाई देखेछ । उसले आफु डराउनुको सवै कुरा साथी मुसालाई भनेछ । साथी मुसो धेरै चतुर अनेक शक्ति भएको मुसो रहेछ ।

त्यो साथी मुसालाई भनेछ । ल अब तिमी बिरालोसंग डराउने रहेछौ म तिमीलाई विरालो बनाइ दिन्छु भनेर त्यसलाई बिरारो बनाइ दिएछ । केहि दिन उ बाहिर निस्कने घुम्ने गर्दा त्यसलाई कुकुरले देखेर लखेटेछ । यो देखेपछि अझ डर लागेकाले उ फेरि साथी मुसालाई भेटेर कुकुर देखि डरायको कुरा सुनाएछ।

यो सुनेपछि उसलाई कुकुर बनाइदिएछ । कुकुर बनाइ दिएको केहि दिनमा उसलाई बाघले लखेटेछ । बल्लतल्ल उ भाग्न सफल भएछ । यो कुरा सुनाइ दिए पछि उस्लाई बाघ बनाइ दिएछ । केहि दिन नडराइ हिडेछ । एकदिन उस्लेउसले सिकारीले मार्न लागेको देखेछ ।

यो देखेर फेरि पनि डर मानेको सुनाएपछि तिम्रो डर मैले भगाउन सकिन साथी तिमीमा साहस छैन ल अब मुसा नै बनेर प्वालमा बस भनेर त्यहाँबाट साथी मुसा अन्तै गएछ । हिन्दीमा एउटा भनाइ छ जो डरे ओ मरे आज जो डराउछ उसले केहि गर्न सक्दैन । आज नेपाली यही डरको कारण केही गर्न सकिरहेका छैनन् ।

नेपाली उद्योग गर्न डराउछन् कतै घाटा लाग्ने होकी भनेर नेता डराउछन् छिमेकीले चाहदा उ मन्त्री बनाइदिने भएकाले उ छिमेकीलाई केहि भन्न डराइ रहेको हुन्छ। बिद्यार्थी परिक्षा दिदा, वकिल बहस गर्दा, यसरी हामी डराउने गर्छौं भने जीवनमा कदापि सफल हुन सक्ने छैन ।

डर सबै भन्दा खतरनाक रोग हो । डरलाई हामीले भगाउन सक्नुपर्छ । डरले मान्छेको प्रगतिलाई समेत रोक्ने गर्दछ । आज डर नमान्ने मान्छेहरू मात्र अघि बढेका छन् । डरले प्रगतिमा समेत बाधा पुर्याउने हुन सक्छ । आजको यो लेखले नडराइ अघि बढ्ने प्रेरणा मिल्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !