१३ बैशाख २०८१, बिहिबार

दशैंको शुभकामना


दुर्गा भवानी

ॐ श्रीपरमात्मने नम: । ​

स्रग्धरा छन्द

​दुर्गामाता भवानी प्रबलरिपु तथा राक्षसीभाव नासून्
प्रज्ञा आस्था सपारून् धन सुखसुविधा मान हाम्रा बढाऊन् ।
श्रीधर्ती स्वर्ग पारून् रगत अवनिमा बग्न बन्दै गराऊन्
रोगीका रोग फालून् सकस अति दिने विघ्नबाधा बढारून् ।।१।।

नेपाली जो जहाँ छन् सहजसित बसून् मित्रता गाँस्न जानून्
पुर्खाका नाम राखून् अरिसित नडरून् सत्य आफ्ना नछोडून् ।
सीधासोझा नमारून् पशुवलि नदिऊन् तुच्छहिंसा हटाऊन्
आफ्ना मातापिताको अति जतन गरून् सन्ततिस्नेह पाऊन् ।।२।।

देवीलक्ष्मीउमामा हरिपशुपतिमा बुद्धमा ध्यान लाऊन्
साथी आफन्त गाउँघर हिमगिरिको सम्झना खूब राखून् ।
गाई हेर्ने प्रमोदी वनचउरहरू कल्पनामा उदाऊन्ने
पाली शुद्ध जानून् तनय र तनया देश जप्तै रमाऊन् ।।३।।

हाम्रो प्यारो दशैंश्री प्रमुदितमनले प्रेम गर्दै मनाऊन्
टीकारातापहेंलाकुसुम र जमरा भव्यमाला लगाऊन् ।
आफ्ना संस्कार साँच्ने पहलबल गरून् पर्वजीवन्त पारून्
सीताश्रीरामजीको स्मृतिसहित दशैंचाडराम्रो बनाऊन् ।।४।।

अनुष्टुप् छन्द ।

विश्वका जनता हाम्रा दिव्य हृदयमा रहून् ।
पवित्राकालिकामाता आसिकप्रेरणा दिऊन् ।।५।।

दशैंका कविता लेखौं प्रज्ञा पारेर पावन ।
प्रतिष्ठा लोकमा राखौं राम्रा गरीकन ।।६।।

दुर्गाप्रणवको ध्यान गरौं दिल दिईकन ।
अवतारहरू मानी गरौं रमेर पूजन ।।७।।

दुर्गाको सम्झना गर्दै भोगौं उत्तमजीवन ।
अतिथिदेवतालाई दिऔं विशुद्ध भोजन ।।८।।

हामी सबै मिली मानौं अतुलचाड यो दशैं ।
अनन्यफलदाता होस् शान्ति तुष्टि दिओस् सधैं ।।९।।

दुर्गाको वन्दना गर्दै खोजौं मार्ग मनोहर ।
दुर्गाश्रीको गरून् रक्षा शैलजाशिवशड्.कर ।।१०।।

स्वदेशीपरदेशीका पूर्ण हून् भव्यभावना ।
रीतागोपाल अर्पन्छौं सबैमा शुभकामना ।।११।

गोपालप्रसाद भण्डारी : श्रीवल्लीैधाम, बत्तीसपुतली, काठमाडौँ, नेपाल । हाल : प्रतिष्ठानिकेतन, नटिड्.घमपथ सिडर् हिल् टेक्सस्, संयुक्तराज्य, अमेरिका ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !