९ पुस २०८१, मंगलबार

गजल – ठट्टा भैदिन्छ जानी जानी प्यार भएपछि


love माया
Ram Magar
राम मगर

गजल

ठट्टा भैदिन्छ जानी जानी प्यार भएपछि ।
आफै बनिदिन्छन बैमानी प्यार भएपछि । ।

प्रेम गरेर मात्र नहुदो रैछ औकात् चाहिन्छ रे ।
खोज्दा रैछन सुनको खानी प्यार भएपछि । ।

तारा देखाउ भनि मार्कसिटमा देखाइदिए ।
गरिएछ गल्ति आँफै ठानी प्यार भएपछि । ।

उसलाई हिजो झुपडी मात्रै देखाएको थिए ।
आज भैसकि अरुकै रानी प्यार भएपछि । ।

मलाई त गरिब भनि छाडेर गएकी मान्छे ।
उ पनि गइ खलासी छानी  प्यार भएपछि । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !