जान्नेलाई खेल रहेछ जिन्दगी
नजान्नेलाई आफैमा बेमेल रहेछ जिन्दगी।
गरिबलाई सास्ती धनीलाई मस्ती
पीडा भित्रको चलखेल रहेछ जिन्दगी।
सरकारी जागिर पाईएन राजनीति जानिएन
पर्देशिलाई आँशुको भेल रहेछ जिन्दगी।
नेता बन्नुपर्ने रहेछ भुल गरियो
पाईला पाईलामा कमिसनको खेल रहेछ जिन्दगी।
आफ्नै भाग्यले ठ्ग्ने कस्तो कर्म हाम्रो
जुधाउने र फसाउने जालझेल रहेछ जिन्दगी।
गधा जस्तो खटिने गोरु जस्तो लदिने
मालिकहरुको पेलमपेल रहेछ जिन्दगी।
थिच्ने र निचोर्ने साहु कती कति
तपतप चुहिने तोरिको तेल हो जिन्दगी।
रामचन्द्र तिम्सिना
(आवाज)