१२ आश्विन २०८१, शनिबार

इष्टु कार्कीको हिरोइन बन्ने सोच


Ishtu Karki

२३ पुस, काठमाण्डौ । इष्टु कार्की विगत ३ बर्षदेखि थिएटर अभिनयमा सक्रिय सानैदेखि नृत्यमा रुचि राख्थिन । नृत्यमा सहभागी भएपनि उनको मन भने नाटकमा अडिएको थियो । सुरुवाति दिनमा थिएटर भिलेजवाट अनुप बराल र विमल सुवेदिवाट प्रशिक्षण लिएर केही नाटकमा अभिनय गरिन् ।

कार्कीको बुबाका साथी थिए साहित्यकार आहुति । कार्कीको परिवारका सदस्यसँग आहुतीको आउ जाउ राम्रै थियो । इष्टुले आहुतीलाई सोधिन्-‘मलाई नाटकमा अभिनय गर्न मन छ, कहाँ जाऔं आहुतिले सुझाए ‘थिएटर भिलेज राम्रो छ । त्यही गएर प्रशिक्षण लेउ ।’

मण्डला थिएटरमा पहिलो पटक मञ्चित नाटक ‘शिरु महारानी’ हेरेकी इष्टुलाई लाग्यो म पनि यस्तै अभिनय गर्न सक्नेँ भए कति मख्ख पर्थे होला । लगत्तै थिएटर भिलेजको यात्रा सुरु गरिन् । अनुप बराल, भोलाराज सापकोटा, विक्रम परियारलगायतसँग तीन महिना प्रशिक्षण लिइन् । ‘मकैको अर्कै खेती र घोडचढी’मा अभिनय गर्ने अवसर मिल्यो । घोडचढीमा निर्वाह गरेको खबरीको भुमिकाले उनलाई चिनाउन भुमिका खेल्यो । उनले टेलिश्रृङ्खला ‘जीवनचत्र’मा पनि अभिनय गरेकी छिन् । आउने दिनहरुमा चलचित्रमै सक्रिय हुने उनको योजना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !