निसिका तिमल्सिना
मेरो एउटा भाई छ
चकचक पनि गर्दैन ।
दिदीसंग खेल्न भने
झगडा गर्न थाल्छ ।।
कहिले दिदी कहिले नानी
भनी बोलाउछ ।
उसको कति राम्रो मिठो
चकलेट कस्तो बोली ।।
उसको बोली सुन्दा
मलाई रमाईलो लाग्छ ।
ABCD क ख ग घ १ २ ३ ४ भन्छ
भन्दा भन्दै कहिलेकहिँ स्कुल लैजाऊ लाग्छ ।।
भन्छ नाई नाई
गर्छ बाई बाई ।
*निसिका तिमल्सिना पाठशाला नेपाल फाउन्डेसनकी कक्षा ५ की जेहेन्दार छात्रा हुन् ।