बिर्सिएर आफैंलाई कताकता धाउँछु अचेल
एकान्तमा एक्लै हुँदा साथमा उसलाई पाउँछु अचेल।
किन भयो यस्तो अनि कहिले थाहा छैन
ऐना हेरी लजाउँदै टीका, चुरा लाउँछु अचेल।
आफन्त र साथीभाईको माझमा बस्ता पनि
आँखा छली उनकै साथ कल्पनामा छाउँछु अचेल।
होश मैले गुमा छैन ठिकै छु झैँ लाग्छ
कुन्नी के के सम्झिएर मायाको गीत गाउँछु अचेल।
कोल्टे फेर्दै रात बित्छ निद आउने हैन उनकै तस्विर नयनमा राखी झकाउँछु अचेल।
*रीता भण्डारी साहित्यकार हुनुहुन्छ ।