बिहानकाे मिर्मिरेमा भाले बास्न नपाउँदै, सुतिरहेकाे रामेकाे कानमा अाएर चर्का अावाज ठाेकियाे। “अाेइ, भातमारा अहिलेसम्म सुतिरहेकाे छस् ।”
त्यसपछि रामे एकाएक बिउँझियाे, अाफ्नाे हातकाे घडीमा हेर्याे । घडीमा भर्खर ४ बज्दै थियाे, मनमनै उसको क्राेधकाे सिमा रहेन । उसकाे मनमा अनेकौं शंकाहरू उत्पन्न हुन थाल्याे, कहिलेकाहीँ त उसलाई अाफ्नाे बाउ हाे कि हाेइन भन्ने शंका लाग्दथ्याे । तर यी सब चिजहरू मनमा सामुन्द्रिक छाल जसरी उठ्थ्याे तर बाहिर निस्कन नपाउँदै शान्त हुन्थ्यो ।
सधैं त ऊ सबेरै बिउँझने गर्दथ्याे तर त्याे रात अबेरसम्म काम थियाे त्यसैले ऊ मस्त सुत्दै थियो । सधैँ अबेरसम्म सुतेर फेरि उसकाे मनले पनि मान्दैनथ्याे । बैशाख १२ काे भुकम्पपछि घर नै भुकम्पमय भएकाे थियाे । जतिखेर पनि हल्लाएकाे अनुभव हुने । त्यसाे त उसको बुबाले ऋण लिएर बनाएकाे घर, त्यसमा पनि प्रत्येक क्षण भुकम्पकाे त्रास । फेरि चैत-बैसाखकाे हुरीले पनि घर नै उडाउँला जस्ताे । असार साउनमा उर्लिएकाे त्रिशूली देखेर पनि फेरि अर्को त्रास । माथिकाे पिप्ले डाँडा झरेर पुरिने पाे हाे कि फेरि । फेरि जाडाे महिना भयाे कि शीत चुहिएर सुत्नै मुस्किल । वर्षकाे कुनै दिन रामेकाे मन खुशी हुन सकेन । भलै दुनियाँलाई देखाउन उ मुसुक्क हाँसिरहन्थ्यो ।
अाफ्नाे यस्तो स्थिति हुँदाहुदै उसले कसरी नकार्न सक्दथ्याे । फेरि बुढा बाउकाे ढाड दुख्ने समस्या अनि अल्सरले सताइएकी अामा । दिदी घरमा हुँदा त सजिलै थियाे तर उच्च शिक्षा हाँसिल गर्नलाई नेपाल छिरेदेखि उसलाई सकस परिरहेकाे छ । अाफु पढ्नलाई त दिदीले पसलमा सामान बेच्ने काम गरेर जसाेतसाे पुर्याईरहेकी छिन् । अलि अलि खर्च त पठाउनै पर्याे फेरि एउटा भएकाे दिदीलाई पनि हेला गर्याे भनेर समाजले कुरा काट्न थाल्दछन् । अस्ति पनि नभएकाे हल्ला फैलाएर घरमा झगडा नै परेकाे थियाे। साेझाे बाउ अामा सबैकाे कुरा पत्याउने अनि घरमा रडाकाे मच्चाउने ।
पल्लाेघरे साँइली भाउजूको कुरा सुनेर दिदीलाई अनावश्यक शंका गर्दै थिए । तिम्री छाेरीलाई त मेराे भाइले सधैं केटाहरू सँग हिडिरहेका देख्छ भनेर कुरा गरिछिन् ।
फेरि सबै दाेष रामेलाई नै जान्छ । उसले नै कर गरेर दिदीलाई नेपाल पढ्न पठाएकाे । अझ बाउले त छाेरीलाई किन पढाउनु पर्याे भन्दैथ्याे तर अामाले हिरालाल साहुकाे छाेरी इन्जिनियर भएकाे देखेर कर गरेर पढ्न पठाएको । अामाकाे छाेरीलाई इन्जिनियर भएकाे हेर्न सपना त पैसाले निर्मम रूपले हत्या गरिदियाे । उहाँ दिदीले कति दुख गरेकी छिन् भनेर रामेलाई मात्र थाहा छ । दिदीले फाेनमा कुरा गरिरहँदा रामेकाे अाँखाबाट अाँशु नखसेकाे दिन हुँदैनथ्यो । न त खानकाे ठेगान हुन्थ्यो न त बस्नकाे । अस्ति भर्खरै काेठा भाडा घरबेटीले बढाएर अन्तै डेरा खाेज्नु पर्ने भएकाे छ रे ।
बाउले त दिदीलाई पढाए नि तल टारकाे भिमेश्वर उ.मा.वि मा पढाउने कुरा गर्दथे । रामेकाे र अामाकाे करले बल्लतल्ल दाइजाे अाएकाे औंठी र सिक्री हिरालाल साहुकाेमा धराैटी राखेर पढ्न पठाएको । अचानक त्यस्तो असहनशील कार्यमा लागेकाे सुन्दा त कुनै बज्र प्रहार भएकाे जस्तै थियाे उसकाे परिवारलाई
। रामेले दिदीलाई जसाेतसाे पढाएर राम्रो केटासँग विवाह गरिदिन पाए मेराे त जसाेतसाे यहि घरखेत हेरेर गुजारा गर्दथेँ भन्ने साेचेकाे थियाे । त्यसैले त अाफु चाहिँ गाउँकाे भिमेश्वरमा पढ्दै छ ।
यस्तै दु:खकाे खात लागेकाे छ उसकाे परिवारमा । रामेकाे झन् एकछिन फुर्सद छैन । बिहान बिहान उठेर भैंसीलाई पिठाे पानी खान दिन्छ । भैंसीकाे दूध दुहेर बजार पुर्याउनु छ । हतार हतार घर फर्केर एक भारी घाँस काट्न पनि जानै पर्याे । फेरि खेत बारी पनि धाउनै पर्याे ।सधै हतार गरेर पढ्न जानु पनि पर्याे । दिनभर पढ्न गएपनि भलै उसकाे ध्यान पढाइमा जाँदैनथ्याे । भाेलि यति काम गर्नु छ, यहाँ पुग्नु छ, भटमास छाँट्नु छ -यस्तै सम्झिदै उसकाे स्कुलमा दिन बित्छ ।
वर्षभरिमा ६०-७० दिन त खेतबारीमा काम गर्नकै लागि स्कुल छुट्छ । अनि फेरि स्कुल पुगेपछि त्यहि तनाव । जब वार्षिक नतिजा हुन्छ अनि फेरि वर्ष भरिका रिस पाेखिन्छ -रामे माथि । बाउ भन्छन्, “हामीले सकि नसकी काम गरेर भए पनि तँलाई पढ्न पठाएको छौं, तेराे प्रगति यहि हाे ? तेराे नतिजा खै ? जसाेतसाे गरेर पढाउने खाेज्याे एउटा छाेराे पनि बिग्रिने भयाे । ”
अनि फेरि रामेकाे मनमा सामुन्द्रिक छाल जस्तै उत्तर उब्ज्नछन् । मनै उत्तर दिन्छ ,”नतिजा त्याे भैंसीलाई साेध – जसलाई पिठाे, पानी र घाँस खान दिएको छु । नतिजा त्याे खेतबारीलाई साेध-जहाँ अाफ्नाे पसिना चुहाएकाे छु । नतिजा त्याे सधै खाने भात तरकारीलाई साेध -जुन पकाउनकाे लागि जङ्गलसँग सिँगैरी खेलेकाे छु । नतिजा ती बाख्राहरूलाई साेध -जस्लाई मेराे स्याहारकाे छाया परेकाे छ । नतिजा ती दुष्ट पैसालाई साेध -जुन हरेक महिना साहुकाे ब्याज बनाएर बुझाउँछु । नतिजा यी मनलाई साेध-जुन खेलेर हाँस्न सकेकाे छैन । नतिजा ती अाशु पुछ्ने यी हातहरूलाई साेध । धारापानीकाे मूल सरह रसाईरहने यी आँखालाई साेध । जहिले पनि उर्लिरहने याे मनलाई साेध । ”
अाशा छ सधैं रामेकाे मनकाे कुराहरू सामुन्द्रिक छाल बनेर छिनभरमा उदाँउने र छिनभरमै अस्ताउने हाेस् । ज्वालामुखी बनेर कहिल्यै विस्फोट नहाेस् । भलै, रामेको जिन्दगी पनि सिउनिमा अल्झेको सुर्तिको धुलो झैँ भएको छ, जस्तो कि एक चिलिम तम्माखु भरेर क्षणिक फोक्सोहरुमा खुशीहरु सेवन गरिरहँदा होस्।
भलै, घरको पिर र दिदिको सपनाको छालहरुसङ्ग परिचित रामे बाहिर लाकुरे डाँडामा झैँ मस्त हाँसेपनी भित्र ज्वालामुखी झै धुवाँ आईरहेछ। यी र यस्तै परिवन्ध बिच पनि हरेक वर्षकाे जस्तै नतिजाकाे खाेजी भईरहाेस् ।
(क्रमश:)