७ पुस २०८१, आइतबार

आमाको लागी शाहरुख खानको यस्तो ट्वीट


शाहरुख खानको ‘फ्यान’ शुक्रवार रिलिज भएको छ। फिल्म रिलिज हुनु भन्दा एक रात अगाडी ट्वीटरमा उन्ले आफ्नी आमाको फोटो रखेर भावनात्मक लेख लेखेका छन् । ट्वीट गर्दै खान भन्छन् : मेरी आमा मुस्कुराउदा म खुशी हुन्छु, आमाको मुस्कानले मलाई सधै अङालोमा बेरी रहन्छ। आजको दिन प्रत्यक वर्ष म आमासँग कुरा गर्छु र आमा लाई खुशी बनाउँछु।

sharukh khan tweet
शाहरुख खान १५ वर्ष को हुँदा क्यन्सरको कारण उन्को बुवा को मृत्यु भएको थियो । सन् १९८१ मा बुवाको मृत्यु पछी उन्की आमा लतीफ फातिमा खानले ब्यपार सँगै बच्चा हरुलाई पनि सम्हल्नु परेको थियो ।
उहाँले नै शाहरुख खान लाई नेशनल स्कूल अफ ड्रामा मा जानको लागि प्रोत्साहित गरेकी थिईन् ।
पछी सन् १९९० मा लामो समय बिरामी पछी उनको मृत्यु भएको थियो । आमाले आफुलाई सिनेमा म देख्न नपाएको गुनसो शाहरुख लाई सधै रही रहने गर्छ। आमाको मृत्यु पछी शाहरुख खानको पहिले फिल्म दिवाना रिलिज भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !