सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री उप्रेती
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिएका छन् । सेना दिवसका अवसरमा उनले दिएको सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी