क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए । उनले दिएको राजीनामा स्वीकृत भइसकेको पनि डिआइजी घिमिरेले बताए।