पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छ : नेपाल
काठमाडौँ, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ ।