काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आज सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।
यो पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सकस भएको छ । गण्डकी गाउँपालिका ८ का अध्यक्ष कोकिलबहादुर पुलामी मगरले त्रिशूलीको बाढीले पुल बगाएको बताए ।









