हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत पाएका छन् । वाग्मतीका मुख्यमन्त्री थापाले प्रदेशसभाको बहुमत सांसदको मत पाएका हुन् ।
आज मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ । नेकपा एमालेका २४ सांसद, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सात सांसद गरी ५७ जनाले प्रस्तावको पक्षमा मत दिएका छन् ।
६ दल रहेको वाग्मती प्रदेशसभा बैठकमा कांग्रेसका ३६ सांसद, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३, हाम्रो नेपाली पार्टी (हानेपा)का दुई गरी ४१ सांसदले वाग्मती प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । आजको प्रदेशसभा बैठकमा ५७ सांसद उपस्थित थिए ।









