१६ श्रावण २०८३, शनिबार

दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६ विजेता


दीपमाला ढकाल

काठमाडौँ । यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् । आज शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल द हिडन ट्रेजरले गरेको हो ।

ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । दीपमाला गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन् । उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन् ।

विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !