८ बैशाख २०८३, मंगलबार

प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण


प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण सोधेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग गृहमन्त्री सुधन गुरुङले व्यवसायीक साझेदारी गरेको भन्दै चर्को बिरोध जारी रहँदा प्रधानमन्त्रो बालेनले गुरुङलाई स्पष्टीकरण सोधेका हुन् ।

प्रधानमन्त्री बालेनले प्रश्न उठेको भन्दै सुरूमा पद छाड्न गुरुङलाई भनेका थिए । तर, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले भने सुधनलाई तत्काल राजीनामा नदिन भनेका थिए । त्यसपछि गृहमन्त्री गुरुङलाई स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार सुधनले प्रधानमन्त्रीलाई लिखित रूपमा स्पष्टीकरण बुझाइसकेका छन् । गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे नै प्रधानमन्त्री समक्ष स्पष्टीकरण पेश गरेका हुन् ।

प्रधानमन्त्रीलाई स्पष्टीकरण बुझाएपछि गृहमन्त्री गुरुङले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने भन्दै सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु