भक्तपुर । काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शना विजयी भएकी छन् । जसअनुसार रास्वपाकी दर्शनाले १५ हजार ५५५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत ल्याएका छन् ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । यद्यपि आयोगले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।













