३ चैत्र २०८२, मंगलबार

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर


दिनेश त्रिपाठी

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ । त्रिपाठीविरुद्ध आज शुक्रबार अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

त्रिपाठी यही माघ २ गते काठमाडौं अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा जवाफी बहस सकाएर निस्कँदै गर्दा आक्रमणमा परेका थिए ।

सोही आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत प्रश्न उठाउने अभिव्यक्ति दिएको र टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

उदयपुरका दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् । उक्त निवेदनमाथि पर्सि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !