२८ चैत्र २०८२, शनिबार

अनेरास्ववियुले पायो महिला अध्यक्ष : सुनीता बराल चयन


सुनीता बराल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । आज शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षी देखिएका थिए । यी चार जनामध्येबाट नै बराल एक जनालाई नेतृत्वको जिम्मेवारी तोकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !