२९ बैशाख २०८१, शनिबार

काठमाडौंमा भूकम्पको धक्का महसुस


Earthquake

२२ मंसिर, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प भएको जनाएको छ।

दोस्रो चरणको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट आज बिहान भूकम्पको धक्का काठमाडौँवासी जनताले अनुभव गरेका छन् । नेपाली राजनीतिमा संबिधानसभा सभावाट संबिधान बनेपछि पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भई नेपालको संबिधान २०७२ को कार्यन्वयन भई मुलुक विधिवत् रुपमा संघीयतामा गएको छ भने यस निर्वाचनको परिणामले पनि नेपाली राजनीतिमा नयाँ पराकम्पन आउने राजनीतिक विश्लेषण गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !