११ श्रावण २०८१, शुक्रबार

विश्वकप फुटबल : स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विजयी


ब्राजिल विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा लगातार आक्रमण गरेपनि गोल गर्न नसकेको ब्राजिलको लागि ८३ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ब्राजिलले दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।

यद्यपि खेलको दोस्रो हाफको ६५ औं मिनेटमा भिनिसियस जुनिअरले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिँदा ब्राजिल बराबरीमा रोकिने प्रवल सम्भावना देखिएतापनि अन्तिम समयमा क्यासेमिरोले उत्कृष्ट गोल गर्दै ब्राजिललाई लगातार दोस्रो जित दिलाएका हुन्

ब्राजिललाई आफ्नाे मुख्य फरवार्ड खेलाडी नेयमारसँगै डिफेन्डर डानिलाे चाेटका कारण र अर्का फरवार्ड एन्टाेनी पनि बिरामी भएर खेल्न नसक्नुले यी तीन जना खेलाडीको अभाव खड्किएको थियो ।

ब्राजिल लगातार दोस्रो जित निकाल्दै समूह चरण पार गरेको हो । यसअघि ब्राजिलले सर्वियालाई २–० गोलअन्तरले पराजित गरेको थियो । ब्राजिल यस जितसँगै २ खेलमा ६ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ । अब अन्तिम चरणको खेलमा ब्राजिलले क्यामरुनसंग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !