७ बैशाख २०८१, शुक्रबार

विश्वकप फुटबल : दक्षिण कोरियालाई हराउँदै घानाको रोमाञ्चक जित


घाना विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै घानाले रोमाञ्चक जित दर्ता गरेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा नै घानाले नै दुई गोलको अग्रता लिएको थियो । खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ३४ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै घानाले दोब्बर अग्रता बढायो ।

खेलको दोस्रो हाफमा भने दक्षिण कोरियाले ३ मिनेटको अन्तरमा २ हेडर गोल गर्दै बराबरी गरेको थियो । खेलको ५८ औं मिनेटमा कांग इन लीको क्रसमा चो ग्युसुङले डाइभ गर्दै हेडर मार्फत गोल गरे । तीन मिनेटपछि नै ग्युसुङले अर्को गोल गर्दै कोरियालाई बराबरीमा ल्याए ।

यस्तै ६८ औं मिनेटमा मोहमद कुडुसले अर्को व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई पुन: अग्रता दिलाए । ७५ औं मिनेटमा गोलरक्षक जिगीले कांग इन लीको फ्रिकीकमा उत्कृष्ट बचाउ गर्दै घानाको अग्रता कायम राखेसँगै घाना ३ अंक जोड्न सफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !