१३ बैशाख २०८१, बिहिबार

विश्वकप फुटबल : अर्जेन्टिनालाई स्तब्ध पार्दै साउदी अरेबिया विजयी


अर्जेन्टिना र साउदी अरेबिया फुटबल

दोहा । जारी फिफा विश्वकपको आजको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विजेतालाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा अरेबियाले नयाँ कीर्तिमान राखेको छ ।

मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए तर दोस्रो हाफको शुरुमा सालेह अल-शेहरीले बराबरी गरे र सलेम अल-दवसारीले सनसनीपूर्ण गोल अर्को गोल गरे ।

विश्वकप जित्ने दावेदार मध्येको एक रहेको अर्जेन्टिनाले लुसेल रंगशालामा हारबाट जोगाएको भए ३७ खेल अपराजित रहेको इटालीको कीर्तिमान बराबरी हुने तर त्यसो हुन सकेन थियो । फिफा विश्व वरियतामा साउदी अरेबिया भने ५१ औं स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !