१२ आश्विन २०८१, शनिबार

आज जेठ २१ गते बुधबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’(Cyclonic Storm ‘NISARGA’) को आंशिक प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश न. १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ ।

दिउँसो

प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सु.प. प्रदेशका भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ । प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशभरी सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !