१२ आश्विन २०८१, शनिबार

आज जेठ २० गते मंगलबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ।

हालको मौसमको अवस्था

हाल देशैभरी आशिंक बदली रहको छ ।

दिउँसो

पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ । पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । देशको प्रदेश १का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका प्रदेश १ लगायत बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का पहाडी भू-भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन,चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !