९ असार २०८१, आइतबार

आज जेठ १४ गते बुधबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

दिउँसो

देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !