७ पुस २०८१, आइतबार

आज जेठ ८ गते बिहीबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा रहेको छ । हाल देशमा यो प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ । पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको छ ।

दिउँसो

देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत संभावना रहेको छ ।

राती

देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पूर्वी भू-भागका केहि स्थानहरु र मध्यका पहाडी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । पुर्वि हिमाली भु-भागहरुमा हिमपातको पनि संभावना रहेको छ त्यसैले गर्दा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !