९ असार २०८१, आइतबार

आज जेठ ७ गते बुधबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भु-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

दिउँसो

देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ ।

राती

देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै संगै मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु-भागहरुमा हिमपातको समेत संभावना रहेको छ जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !