९ असार २०८१, आइतबार

यस्तो छ आज जेठ ५ गते सोमबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक, दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक, दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको अधिकाशं भू-भागहरुमा तापक्रम बढने र तराईका भू-भागहरुमा अत्यधिक गर्मिको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !