९ असार २०८१, आइतबार

यस्तो छ आज जेठ ३ गते शनिबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पहाडी भु-भागमा सामान्य बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको देखिन्छ ।

दिउँसो

देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भु-भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !