९ असार २०८१, आइतबार

यस्तो छ आज जेठ १ गते बिहीबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहनेछ । अपरान्ह पश्चात पहाडी भू-भागका केहि स्थानहरु मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वीका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पूर्वी र पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !