७ मंसिर २०८१, शुक्रबार

मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको मध्य र पूर्वी भू-भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंशिक वदली रहेको छ।देशका पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ ।

दिउँसो

देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको र पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !