१४ असार २०८१, शुक्रबार

यस्तो छ आज बैशाख १६ गते मंगलबारको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्यका पहाडी भूभागमा सामान्य बदली भई एक-दुई स्थानमा वर्षा भइरहेको छ।

दिउँसो

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती

देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !