९ असार २०८१, आइतबार

हावाहुरी र असिना-पानीको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको मध्य र पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !