२ जेष्ठ २०८१, बुधबार

असिना-पानी र हावाहुरीको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षा भई रहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !