
चैत १८, काठमाडौँ । आजको मौसम : पश्चिमी तथा मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
(विहान ६:०० बजे)
मौसम विश्लेषण
आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने छ।
हालको मौसमको अवस्था
हाल देशको पूर्वी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो
देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।
राती
देशको पश्चिमी भू-भागमा सामान्य बदली, मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |