
चैत १७, काठमाडौँ । आजको मौसम : पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
(विहान ६:०० बजे)
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था
हाल देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो
देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
राती
देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।