
चैत १५, काठमाडौँ । आजको मौसम : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
(विहान ६:०० बजे)
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था
हाल देशभर आँशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।
दिउँसो
देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।
राती
देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।