५ जेष्ठ २०८१, शनिबार

आजको मौसम : मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना


आजको मौसम

चैत १३, काठमाडौँ । आजको मौसम : मौसममा पश्चिमी वायूको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना ! जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

मौसमको अवस्था

हाल देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ। पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !