३ आश्विन २०८१, बिहीबार

पश्चिमी वायुले चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु


तुवाँलो

१० मंसिर, काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ । अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उनले भने– ‘मंगलबार मौसममा आंशिक सुधार भए पनि साँझदेखि फेरि अर्को मौसमी प्रभाव भित्रिँदै छ, चिसो बढ्ने र हुस्सु लाग्ने दिन शुरू हुँदै छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !