काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र कोशी प्रदेश लागायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ । हाल तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो
देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
चेतावनी तथा परामर्श
आज सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/बर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।












