१ फाल्गुन २०८२, शुक्रबार

२०८२ माघ ५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

तराई भू-भागका केही स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ । देशको हिमाली भू‍-भागमा आंशिक बादल लागेको छ तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो

तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राती

तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !